Logo

पार्टीका चियापान आयोगले रोक्ने



काठमाडौं ४ असोज । निर्वाचन आयोगले दसैं-तिहारको अवसरमा पार्टीहरुलाई चियापानलगायतका कार्यक्रम गर्न नदिने भएको छ । प्रमुख निर्वाचन आयुक्त आयोधीप्रसाद यादवले प्रदेश र प्रतिनिधि सभा निर्वाचन घोषणा भइसकेकाले त्यस्ता चियापानमा राजनीतिक गन्ध आउने उल्लेख गर्दै त्यसमा निगरानी राख्ने बताए ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रमुख आयुक्त यादवले यस्ता कार्यक्रममा आयोगले रोक लगाउने बताए । प्रमुख दलहरुले राजनीतिक सद्‌भाव र सम्बन्ध सुधारलगायत उद्देश्यले हरेक वर्ष मुख्य चाडबाडको समयमा चियापान कार्यक्रम आयोजना गर्ने गरेका छन् । कांग्रेसले यसपटक केन्द्रको चियापान छोडेर प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा कार्यक्रममा गर्ने घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्