Logo

डलरसहित चिनियाँ महिला पक्राउ



रसुवा, ५ असोज । अवैधरुपमा चीन लैजान लागेको डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीया चिनियाँ महिला लि वान रहेकी छन् ।

उनको साथबाट १०० र ५० दरका ५० हजार अमेरिकी डलरसहित उनलाई रसुवागढी नाकाबाट बुधबार पक्राउ गरिएको हो । आज बिहान पत्रकार सम्मेलन मार्फत् प्रहरी प्रमुख थापा क्षेत्रीले विशेष सुराकीका आधारमा चिनियाँ नागरिक पक्राउ भएको जानकारी दिनुभयो । सो डलर रु५१ लाख ३१ हजार ५०० बराबरको भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot