Logo

महायज्ञको पहिलो दिनमै ७ सातलाख



पोखरा, ५ असोज . स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ सामुदायिक बहुउद्देश्यीय क्याम्पसको शैक्षिक, भौतिक तथा प्राविधिक शिक्षाको पूर्वाधार निर्माणका लागि शुरु गरिएको श्रीमद्भागवत सप्ताहव्यापी ज्ञान महायज्ञ तथा दुर्गा पूजाको पहिलो दिनमै रु सात लाख ६५ हजार संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीले रु तीन लाख, सन्तबहादुर गुरुङले रु एक लाख, क्याम्पस प्रमुख हुमनाथ शर्माले रु एक लाख १५ हजार, अध्यक्ष खिमबहादुर क्षेत्रीले रु एक लाख र स्थानीय लली गोदारले आफ्नो चौरासी पूजाका लागि छुट्याएको रकम रु ५० हजार महायज्ञमा दान गर्नुभएको हो ।

सो कार्यक्रमको समाजसेवी सूर्यबहादुर केसीले बुधबार शुभारम्भ गर्दै आध्यात्मिकता नै वैज्ञानिक चिन्तन भएको बताउँदै कुनै पनि मानिस जातजातिले सानो ठूलो नहुने बताउनुभयो । नवदुर्गा पूजासम्म सञ्चालन हुने ज्ञान महायज्ञ तथा दुर्गा पूजामा दीनबन्धु पोख्रेल प्रमुख वाचक रहनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्