Logo

स्वास्थ्य समीक्षा



काठमाडौँ, ६ असोज । स्वास्थ्य मन्त्रालयद्वारा चालुु आवमा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा आजदेखि शुरु भएको छ। चारदिने सो समीक्षामा मन्त्रालयअन्तर्गतका सातवटै प्रदेशका प्रमुख, केन्द्रीय अस्पतालका प्रमुख, जनस्वास्थ्यकर्मीलगायत स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आर्थिक एवं प्राविधिक सहयोग गरिरहेका दातृ निकायका प्रमुखको समेत सहभागिता रहेको छ ।

बैठकमा सरकारद्वारा निःशुल्क वितरण गरिराखेका ७० प्रकारका औषधिका उपलब्धता, खोप, आमा सुरक्षा, बालस्वास्थ्य, प्रजनन स्वास्थ्य, कुष्ठरोग तथा औलो नियन्त्रण, एचआइभी-एड्स नियन्त्रण, भूकम्पले क्षति पु¥याएका ३१ जिल्लाका स्वास्थ्य सस्था पुनःनिर्माण तथा सर्ने तथा नसर्ने रोगका बारेमा समीक्षा हुनेछ ।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले बैठकको उद्घाटन गर्दै संविधान प्रदत्त स्वास्थ्यका अधिकारलाई कार्यान्वयन गर्न त्यसअनुरुपमा संरचना बनाउन मन्त्रालयले काम गरिराखेका जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहमा औषधि, उपकरणको अभाव हुन नदिन, विशेषगरी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन र गुणस्तरीय स्वास्थ्य सेवामा सबै जनताको स्वास्थ्य पहुँच पु¥याउन स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले निःशुल्क स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन, नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिबद्धतालाई पूरा गर्न विभागले ध्यान दिएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्