Logo

धनुषाधाम नगरपालिकामा काँग्रेस विजयी



जनकपुरधाम, ६ असोज । धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले तीन हजार ५५७ मत र भुजेलका निकटतम प्रतिद्वन्द्वी एमालेकै अम्बिका विक तीन हजार ७०३ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot