Logo

पानीसँगै बगेर भारत जान्छ ६० अर्बको बालुवा



काठमाडौं ८ असोज । नेपालबाट बर्षेनि ६० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बालुवा बगेर जाने गरेको पाइएको छ । पूर्वाधार विकासका लागि बालुवा लगायतका निर्माण सामाग्री अभाव भइरहेको बेला नेपालबाट भारततर्फ प्रतिबर्ष २ अर्ब २५ करोड क्यूबिक मिटर बालुवा बग्ने गरेको एक अध्ययनले देखाएको छ ।

बजार मूल्यअनुसार यो परिमाणको बालुवालाई ६० अर्ब रुपैयाँ पर्दछ । आजको कारोबारमा खबर छ ।

अध्ययनले एक लिटर पानी बग्दा सरदर २ सय ४० मिलिग्राम बालुवा बगेर जाने र नेपालबाट भारत जाने पानीको आधारमा बर्षेनी ३२ करोड ७२ लाख ७२ हजार क्यूबिक मिटर बालुवा बगेर जाने गरेको देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्