Logo

नयाँ कुमारी चयनमा विवाद



काठमाडौं ८ असोज । कुमारी घरका चिताइदारले तलेजुको मूल पुजारीलाई जानकारी नै नदिई सुटुक्क नयाँ कुमारी छनोट प्रक्रिया सकेका छन् । अष्टमीको दिन हाल कुमारीका रुपमा रहेकी मतिना शाक्यलाई बिदा गरी नयाँ कुमारी प्रतिस्थापन गर्ने तयारी भएको छ ।

त्यसका लागि चिताइदार गौतम शाक्यले सम्पूर्ण प्रक्रिया पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन पेस गरिसकेका छन् ।नयाँ कुमारी छनोट समितिका पदाधिकारीलाई जानकारी नै नदिई शाक्यले एकलौटी रुपमा कुमारी परिवर्तन गर्ने तयारी गरेका हुन् ।

चिताइदार शाक्यले एक टोली लिएर राष्ट्रपतिसमक्ष नयाँ कुमारीको विषयमा जानकारी दिएका छन् ।टोलीले भदौ ३१ गते नयाँ आउने कुमारीको बारेमा जानकारी गराएको थियो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

तर गुठी संस्थानले १२ बर्ष उमेर पुगीसकेकी कुमारी परिवर्तन गर्न समिति बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्