Logo

प्रधानमन्त्रीका लागि कांग्रेसका देउवाको विकल्प छैन : गोलापमान श्रेष्ठ



 

काठमाडौं १३ असोज । नेपाली कांग्रेसले नेतानिकट भन्दा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ । १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि संसदीय वोर्ड बनाएरु नाम छान्ने बताएको छ । कांग्रेस नेता तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस अगाडी बढ्ने बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै नेता श्रेष्ठले कांग्रेसले टिकटमा अब गुट नगर्ने बताए । उनले अबको प्रधानमन्त्री पनि देउवा नै रहेको बताए । ‘हलिेको पार्टी नेता पनि देयालनै हो ’ उनले भने, ‘अब प्रधानमन्त्री पनि देउवा नै हुने पक्का छ हुनुपर्छ । ’ कांग्रेसमा रामचन्द्र पौडेललाई प्रधानमन्त्रीका रुपमा अगाडी सार्नुपर्ने बताइरहेका छन् ।

कांग्रेसले वडा, क्षेत्र, जिल्ला हुँदै केन्द्रमा नाम सिफारिस गर्ने प्रक्रियाका लागि मितिसहित स्थानीय पार्टी नेतृत्वलाई पत्राचार गरिसकेको हो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार वडाले १० असोजसम्म, क्षेत्रले १३ र जिल्लाले १५ असोजसम्म नाम टुंगो लगाएर केन्द्रलाई १७ असोजसम्ममा बुझाउन भनिएकोछ ।



प्रतिक्रिया दिनुहोस्