Logo

प्रधानमन्त्रीसँगको छलफलपछि डाक्टरहरुको आन्दोलन फिर्ता



काठमाडौं १३ असोज । सरकारले माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि चिकित्सकहरुले आन्दोलन फिर्ता लिएका छन् । सरकार र नेपाल चिकित्सक संघबिच सहमति भएपछि डाक्टरहरु बहिरङ्ग ओपीडि सेवा सञ्चालन गर्न सहमत भएका छन् ।
प्रधानमन्त्री निवास शुक्रबार बालुवाटारमा बिहान छलफल पछि सहमति भएको हो । प्रधानमन्त्री शेर बहादुरदेउवा र चिकित्सक संघबिच डाक्टर तथा अस्पतालविरुद्ध आक्रमण तथा दुव्र्यवहार गर्नेमाथि कडा भन्दा कडा कारबाही गर्ने गरी कानून संशोधन गर्ने सहमति भएको संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

सहमति पत्रमा सरकारका तर्फबाट स्वास्थ्य सचिव डा किरण रेग्मी र संघका तर्फबाट अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले हस्ताक्षर गरेका छन् । यस्तै, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ संशोधन गरी कडा सजाय गर्न ऐन कार्यान्वयन गर्ने सहमति भएको हो ।
सहमतिअनुसार डाक्टरको लापरवाही पुष्टि भए कारबाहीका लागि संघले पनि सहयोग गर्ने भएको छ । सरकारले उपचारका क्रममा बिरामीको ज्यान गएमा उपचार गर्ने डाक्टरले नै क्षतिपूर्ति तिर्नुपर्ने कानुन बनाउने तयारी गरेपछि त्यसको विरोधमा देशभरका चिकित्सक गएको शुक्रबारदेखि अत्यावश्यक बाहेकका सबै स्वास्थ्य सेवाका काम ठप्प पारेर आन्दोलन गरिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot