Logo

काठमाडौंमा सेनाको निःशुल्क बस सेवा, यस्तो छ रुट



काठमाडौं १४ असोज । टीकाको दिन आज शनिबार नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा चलाउने भएको छ । शनिबार बिहान ६ बजेर र ११ बजे तथा दिउँसो ४ बजे भद्रकालीबाट ८ वटा रुटमा निःशुल्क बस सेवा दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

यस्तो छ रुट
सेनाले पहिलो रुट अन्तरगत भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्कमा बस सञ्चालन गर्नेछ ।
दोस्रो रुटमाभद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघरसम्म बस चल्नेछ ।

तेस्रो रुट अन्तरगत भद्रकालीबाट छुटेको बस माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथलीसम्म पुग्नेछ ।
चौथो रुट अन्तगरतका बस भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ हुँदै भद्रकाली फर्कनेछन् ।

पाँचौ रुटका बस भद्रकालीबाट थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेटसम्म फर्कनेछन् ।

छैठौं रुटका निशुल्क बस भद्रकालीबाट दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली फर्कनेछन् ।

सातौं रुटमा चल्ने बस भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्य्विनायक, ठिमी, कोटेश्वर, माइतीघर हुँदै भद्रकाली फर्कने छन ।

आठौं रुटका बस भद्रकालीबाट छुटेर माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने हुँदै भद्रकाली फर्कनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot