Logo

उपत्यकामा टीकापछि चहलपहल बढ्यो



काठमाडौं १५ असोज । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले मान्यजनबाट टीका र जमरा ग्रहण गरी हर्षोल्लास र उमंगका साथ दशैँ पर्व मनाएका हुन् ।

बडादशैँको दशौँको दिन हिजो राष्ट्रप्रमुखदेखि सर्वसाधारणसम्म टीका र आशिर्वाद थाप्न दिनभर व्यस्त रहे । दसैँका बेला लगभग फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा टीकापछि चहलपहल बढेको देखियो ।

हिजो दिनभर सर्वसाधारण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन हिँडेका देखिन्थे । दुई/तीन दिनदेखि उपत्यका सुनसान भएपनि हिजो बेलुकादेखि काठमाडौँ उपत्यकामा सवारी साधन बाक्लिँदै गएका थिए



प्रतिक्रिया दिनुहोस्