Logo

एमालेले तालमेल रणनीतिमा, स्थायी समिति बैठक बस्दै



काठमाडौं १५ असोज । प्रमुख प्रतिपक्षी दल एमाले स्थायी समितिको बैठक बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी र उम्मेदवार छनौटका विष्यमा छलफल गर्न एमालेले स्थायी समिति बैठक बस्न लागेको हो । बिहान साढे ८ बजेपछि अध्यक्ष केपी शर्मा ओलीको निवास कालकोटमा बस्ने बैठकमा यसअघि तयार गरिएको उम्मेदवारहरूको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजनाका विषयमा छलफल गर्ने एमालेले जनाएको छ ।

एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बैठकमा चुनावी रणनीति अन्र्तगत तालमेलका विषयमा पनि छलफल हुने जानारी दिनुभयो । सरकारले १० र २१ मंसिरमा दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकेको छ । एमालेले आगामी चुनावमा वामपन्थी तालमेलका विषयमामाओवादी केन्दैसँग पनि छलफल गर्ने तयारी गरेको छ । केन्द्रस्तरबाट नै तालमेल हुनुपर्नेमा छलफल भइरहेको एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्