Logo

क्याटलोनिया जनमत-संग्रह, अर्को नयाँ राष्ट्र थपिदै



काठमाडौं १६ असोज । क्याटलोनिया सरकारले स्पेनबाट छुट्टिनका लागि आइतवार गराएको जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेको जनाएको छ। खसेको मतमध्ये ९० प्रतिशत मत स्पेनबाट अलग्गिनुपर्ने पक्षमा रहेको सरकारको दाबी छ।

बार्सिलोनामा एउटा ठूलो भीडलाई सम्बोधन गर्दै क्षेत्रीय सरकार प्रमुख कारलस पूजमोनले क्याटलोनियाका जनताले स्वतन्त्र राष्ट्र बनाउने अधिकार प्राप्त गरेको बताए। उनले भने, जनमत संग्रहको नतिजा मैले संसद्लाई पठाउनेछु ताकि संसद्ले कानून बमोजिम त्यसमाथि काम गरोस्।

झडप

तर स्पेनको केन्द्र सरकारले जनमत संग्रह अवैध भएको घोषणा गरेको छ। प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाका अधिकांश जनता स्वतन्त्र राष्ट्रको पक्षमा नरहेको बताएका छन्।

आइतवार भएको जनमत संग्रहका क्रममा कैयौँ स्थानमा प्रहरी र स्वतन्त्रता पक्षधरबीच हिंसात्मक झडपहरु भए। मड्रिडको आदेशमा राष्ट्रिय प्रहरीले करिब सयवटा मतदान केन्द्रहरु बन्द गराएको थियो भने मतदानका लागि कुरिरहेका मतदातामाथि बल प्रयोग गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot