Logo

एमाले र माओवादी मिल्दा कांग्रेस खुसी !



काठमाडौं १७ असोज । नेकपा एमाले र माओवादी केन्द्रले एकताले कांग्रेस नेता खुसी भएका छन् । कांग्रेसका नेता डा शेखर कोइरालाले ढिला भएपनि प्रष्ट धुव्रीकरण हुन लागेकोले त्यसमा कांग्रेसले खुसी मान्नुपर्ने बताए । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले दुई दलको गठबन्धन र एकता स्वभाविक भएकाले त्यसमा आश्चर्य मान्न नपर्ने बताए । यसले प्रजातान्त्रिक शक्ति र कम्युनिष्ट शक्तिबीच प्रष्ट धुव्रकीकरण हुने र त्यो कांग्रेसका लागि सुखद विषय भएको उनले तर्क गरे ।

तर दुईदलको कुराकानीबाट प्रष्ट भने अझै पनि भइ नसकेको उनले दावी गरे । ‘दुईदलबीच एकता र सकार्यकुरा अहिले मात्रै आएको होइन ’ उनले भने, ‘लामो समयअघिदेखि पनि प्रयास भइरहेको छ । जुन जुन दलबीच एकता सहकार्यको कुरा गरोके छ ती पहिला एउटै दलमा थिए । त्यो स्वभाविक नै हो नयाँ कुरा होइन । ’

उनले माओवादीको एएटा पक्ष अझै पनि कांग्रेससँग सहकार्यमा रहेको पनि दावी गरे । कांग्रस नेता प्राश शरण महतले भने एमाले गठबन्धन भत्काउन लागेको आरोप लगाए । ‘संविधान कार्यान्वयन गर्ने, निर्वाचन गर्नेजस्ता राष्ट्रिय इस्युमा माओवादीसहितका दलसँगको गठबन्धनमा हामी अगाडि बढ्दै आएका छौँ । ’ उनले भने, अहिले एमालेले वामपन्थी राष्ट्रवादी शक्तिबीच तालमेल भन्दै आएको छ । कांग्रेस र माओवादीको गठबन्धन तोड्न सकिन्छ कि भनेर लागेको छ । ’



प्रतिक्रिया दिनुहोस्