Logo

ओली संयोजगत्वमा ७ जनाको एकता कार्यदल



काठमाडौं १७ असोज । मुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन् । यी दुई पार्टीबीच एकताका लागि सातदलको शीर्ष तहको कार्यदल बन्ने भएको छ । एमालेबाट चारजना र माओवादीकेन्द्रबाट तीन जना रहेको कार्यदलले बनाएरु एकता सुरु गर्ने सहमति भएको छ । कार्यदलमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता झलनाथ नाल, नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम रहनेछन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहनेछन् । त्यसको संयोजक एमाले अध्यक्ष ओलीले गर्ने सहमति भएको छ । तीन दिनयता शीर्ष तहमा चुनावी तालमेलदेखि पार्टी एकताका विषयमा केन्द्रित छलफलपछि दुवै पार्टी एकताकै तहमा पुगेका हुन् ।

मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि ६० र ४० को भागबण्डा समेत गरेको छ ।  एमाले र माओवादी केन्द्रवीच बृहत्त मोर्चाबन्दी गर्ने र त्यसको लागि मंसिरपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनाउने र माओवादी केन्द्रका अध्यक्षलाई एकतापछिको अध्यक्ष बनाउने तयारी भएको स्रोतको दाबी छ ।

सहमति

बहुदलीय जनवाद र माओवादी केन्द्रले २०५२ सालमा सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्ध (जनयुद्ध)लाई बहसमा लैजाने ।
( आसन्न निर्वाचनमा एमाले ६० र माओवादी केन्द्र ४० प्रतिशतमा रहने गरी उम्मेदवारी मिलाउने ।
( आगामी सरकारको प्रमुख र पार्टी नेतृत्व बाँडफाँट (अलग(अलग) गरेर जाने ।
( पार्टीको नाम फेर्ने ।
( एकता संयोजन समिति गठन गर्ने ।
( सूर्य चुनाव चिह्न लिएर लड्ने, यसलाई माओवादीले ठूलो विषय नबनाउने
( समाजवादी क्रान्तिको मोडालिटी तयार पारेर अघि बढ्ने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot