Logo

संसदको इतिहासमा कमै हुने घटना आज हुँदै, डेड दर्जन विधेयक(सूचीसहित)



काठमाडौं २० असोज । व्यवस्थापिका संसद बैठकमा आज एकै पटक डेड दर्जनभन्दा बढी विधेयक पेश हुने भएका छन् । संसदको आयु सकिन लाग्दा महत्वपूर्ण विधेयक पारित गर्नेगरि पेश गर्न लागिएको छ । सरकारका तीनजना मन्त्रीले ती विधेयक पेश गर्ने कार्यसूची रहेको छ । दिउँसो १ बजे बोलाइएको संसद बैठकमा तीनवटा आयोगसहित अपराधसँग जोडिएका विधेयक पेश हुनेछन् ।

कुन कुन विधेयक पेश हुँदै ?

१. विकास समितिका मा० सभापति श्री रविन्द्र अधिकारीले “विकास समितिको वार्षिक प्रतिवेदन, २०७४” पेश गर्नुहुने ।

२. विधायन समितिका मा० सभापति श्री गंगा चौधरी (सत्गौवा)ले “विधायन समितिको वार्षिक प्रतिवेदन, २०७४” पेश गर्नुहुने ।

व्यवस्थापन कार्य

३. मा० स्वास्थ्य मन्त्री श्री गिरिराजमणि पोखरेलले “राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
४. मा० अर्थ मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीले :–
(क) “अर्थ समितिको प्रतिवेदन सहितको अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
(ख) “अन्तर–सरकारी वित्त व्यवस्थापन विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
(ग) “अर्थ समितिको प्रतिवेदन सहितको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
(घ) “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
५. मा० गृह मन्त्री श्री जनार्दन शर्माले “राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७४ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
६. “राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७४” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।
७. मा० गृह मन्त्री श्री जनार्दन शर्माले “राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
८. मा० गृह मन्त्री श्री जनार्दन शर्माले “राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
९. “राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने ।
१०. मा० गृह मन्त्री श्री जनार्दन शर्माले “राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
११. मा० कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री यज्ञबहादुर थापाले :–
(क) “विधायन समितिको प्रतिवेदन सहितको प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक सम्बन्धी विधेयक, २०७४ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
(ख) “प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक सम्बन्धी विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
(ग) “विधायन समितिको प्रतिवेदन सहितको उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक सम्बन्धी विधेयक, २०७४ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
(घ) “उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक सम्बन्धी विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
१२. मा० सामान्य प्रशासन मन्त्री श्री टेकबहादुर बस्नेतले :–
(क) “राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको कर्मचारी समायोजन विधेयक, २०७४ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
(ख) “कर्मचारी समायोजन विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
१३. मा० महिला, बालबालिका तथा समाज कल्याण मन्त्री श्री आशा कोइरालाले :–
(क) “महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको प्रतिवेदन सहितको राष्ट्रिय महिला आयोग विधेयक, २०७३ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।
(ख) “राष्ट्रिय महिला आयोग विधेयक, २०७४ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।



प्रतिक्रिया दिनुहोस्