Logo

संघिय समाजवादी फोरम सरकारमा जाने



काठमाडौं २१ असोज । संघिय मासजवादी फोरम सरकारमा समेत सहभागि हुने भएको छ । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरने लगत्तै सरकारमा सहभागि हुने फोरमको तयारी छ । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास भइरहेका बेला मधेसकादलबीचको अर्को गठबन्धन सुरु भएको फोरमले कांग्रेससँग तालमेलको सहकार्य हुने बताएको छ । नेता राजेन्द्र श्रेष्ठले एमाले भन्दा कांग्रेस गठबन्धनसँग आफुहरु नजिक भएको बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै श्रेष्ठले अहिले राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरमबीच गठबन्धन हुने र कांग्रेससँग पनि गठबन्धनमा जान सकिने बताए । उनले माओवादी सरकारबाट बाहिरिए फोरम सरकारमा पनि जान सक्ने बताए । कांग्रेससँग हुने सिट संख्याको तालमेलले सहकार्य निर्धारण गर्ने श्रेष्ठले बताए । नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको सिट संख्या बाँडफाँटको टुंगो शनिबार साँझसम्म लगाउने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बिहान र साँझ गरी दुई पटक बसेको कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको कार्यदलको बैठकले दुई पक्षीय र बहुपक्षीय छलफल गरेर शनिबारसम्म प्रत्यक्षतर्फको सिट संख्या टुंगो लगाउने समझदारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्