Logo

चारजना कलाकारको स्वरमा रमाइलो देउसीभैलो गीत सार्वजनिक



काठमाडौं, २१ असोज । हरेक चाडबाड अनुसारको फरक फरक विधामा कलाकारहरुले गीत पस्किरहँदा नेपाली गीत संगीतको जगतमा छुट्टै रौनक छाउने गर्दछ।

केही महिना अगाडी तिजको गीतले निक्कै बजार तताएको थियो भने भर्खरैमात्र दशैंकागीतहरुले बजार तताएका थिए । दशैका गीतले तताएको माहोल सेलाउन न पाउदै फेरी देउसीभैलोका गीतले बजार तताउन सुरु गरेका छन ।

हिन्दु धर्म अनुसारको छुट्टा छुट्टै चाड र त्यही अनुसारको गीतमा दर्शक श्रोताहरुले आनन्द लिने गरेका हुन्छन् । अरुबेला भन्दा देउसीभैलो गितमा धेरै कलाकारको यौटै आवाजमा गितले मेल खाने गरेको हुन्छ । यसै क्रममा यतिबेला चार जना कलाकार हरुको यौटै स्वरमा निक्कै रमाइलो देउसीभैलो गीत सार्वजनिक भएर गरेका छन् ।

नेपाली लोकदोहोरी क्षत्रका बहुचर्चित लोकप्रिय गायक गायिकाहरु खुमन अधिकारी,अमृता लुंगेली मगर,मंजु गौतम र उमा श्रेष्ठको संयुक्त रुपमा स्वरमा ‘फूलमाला उनी’ नामको गीत बजारमा आएको छ ।

आशिष म्युजिक प्रालिको प्रस्तुती रहेको उक्त गीततमा चिरपरिचित लोकदोहोरी गायक खुमन अधिकारीको लय तथा शब्द रहेको छ । उक्त गीतको भिडियो निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् ।

त्यस्तै करण चैसिरले छायांकन गरेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् । गीतमा गायक गायिकाहरु खुमन अधिकारी, अमृता लुंगेली मगर, उमा श्रेष्ठ लगायत सुस्मिता, संजिव, दिनेश र बिमलाको अभिनय गरेको छ।



प्रतिक्रिया दिनुहोस्