Logo

लोकतानित्रक गठबन्धनको सिटको भागबण्डा मिलाउँदै



काठमाडौं २२ असोज । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तालमेल गरेका बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन घोषणापत्र र आगामी रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका छन् । आगामी रणनीति बनाउन लोकतानित्रक गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ । आज दिउँसोबस्ने बेठकले ६ दलबीचो तालमे्ल र सिट बाँडफाँड टुङ्गो लगाउनेछ । काँग्रेस नेता पूर्णबहादुर खड्काले आज तालमेल र सिट बाँडफाँडका विषयमा सहमति गर्ने जानकारी दिए ।

उनका अनुसार दुबै निर्वाचनमा कसरी भागबण्डा मिलाएर अघि बढ्ने बारेमा कार्यदलभित्र छलफल चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कांग्र्स गठबन्धनमा आउन चाहाने दलहरुले मागेको सिट संख्या, देशभरी उनीहरुको उपस्थितिलाई ध्यानमा राखेर सहमति खोजिनेछ ।



प्रतिक्रिया दिनुहोस्