Logo

पशुपतिनाथको जग्गा: प्रतिरोपनी मासिक आम्दानी ८२ रुपैयाँ !



काठमाडौं २३ असोज । काठमाडौं उपत्यकाभित्रको साढे चार हजार रोपनी जग्गाबाट वार्षिक आम्दानी कति होला ? तपाईंले सहजै अनुमान लगाउनुहुनेछ, अर्बौं । तर, आराध्यदेव पशुपतिनाथ मन्दिरका नाममा रहेको ४ हजार ४ सय १३ रोपनी जग्गाबाट वार्षिक ५० लाख रुपैयाँ पनि आम्दानी हुँदैन भन्दा अचम्म नमाने हुन्छ ।

पशुपति क्षेत्र विकास कोषको रेकर्ड हेर्दा उक्त जग्गाबाट केबल ४३ लाख ५२ हजार ३ सय ९५ रुपैयाँ मात्र पाइन्छ । जसअनुसार मासिक प्रतिरोपनी ८२ रुपैयाँ पर्न आउँछ ।

दुई सय वर्षअघि १८६७ सालमा तत्कालीन राजा गीर्वाणयुद्धले ‘पशुपतिनाथको पूजाआजा नित्य नैऋत्य चलोस्’ भनी दिएको जग्गाबाट पशुपति क्षेत्र विकास कोषले समायानुकूल रकम असुल्न नसक्दा यस्तो अवस्था भएको हो । सहजै आउने उच्च आम्दानीबाट वञ्चित पशुपतिनाथ नियमित खर्च र परम्परा धान्न स्रोतको अभावमा पर्दै समस्याग्रस्त बनिरहेको छ ।

मठमन्दिरमा फलफूल चढाउन बजेट नहुने, पुजारीहरूले न्यून बेतनमा चित्त बुझाउनुपर्ने, मन्दिर र देवलको न्यूनतम मर्मत-सम्भारसमेत नहुनेलगायत समस्यापछाडि आर्थिक अभाव नै प्रमुख कारण हो । कोषले हजारौंलाई मोहियानीमा जग्गा भोगचलन गराउँदै आएको छ।

एकातिर बर्सेनि मूल्य वृद्धि हुँदै जाने र अर्कोतर्फ पुरानै दरमा कुतबाली बुझाउने प्रवृत्तिले पशुपतिनाथको पूजाआजा र जात्रापर्वमा संकट आउने देखिन्छ ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।



प्रतिक्रिया दिनुहोस्