Logo

पत्रकार उपचार कोषलाई छयत्तर हजार सहयोग



झापा, २३ असोज । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोडका व्यवसायी तथा समाजसेवी केदार गिरीले रु ७६ हजार आइतबार प्रदान गर्नुभएको छ ।

बिर्तामोड नगरपालिका–२ बेलडाँगी निवासी गिरीले झापाका पत्रकारको हितका लागि उक्त रकम प्रदान गर्नुभएको हो । व्यवसायी तथा समाजसेवी गिरी कञ्चनजंघा क्रसर उद्योग तथा कञ्चन निर्माण सेवाका सञ्चालक हुनुहुन्छ ।

उहाँले पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, उपाध्यक्ष एवं कोषका संयोजक एकराज गिरी र उपाध्यक्ष भीमा शिवाकोटीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो ।

पत्रकार महासंघले कोषको रकम रु एक करोड पु¥याई त्यसको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गर्ने गरी कार्य अघि बढाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्