Logo

कृष्ण र राधाको स्वरमा तिहार गीत सार्वजनिक



काठमाडौं, २३ असोज । चर्चित गायिका राधिका हमालले तिहारको गीत सार्वजनिक गरेकी छन ।  गायिका हमालको लय शब्दमा तयार पारिएको झिलिमिलि झिल्ला बोलको गीत म्यूजिक बैंक नेपालले बजार व्यबस्थापन गरेको छ ।

तिहारका गीतहरुमा भिन्नै संगीतमा निमार्ण गरिएको यस गीतमा धेरैले थाह नपाएको रमाईलो पक्ष पनि छ।  गायिका राधिका हमाललाई चिन्नेहरुको संख्या धेरै छ भन्दा अन्यथा नहोला । राधिका हमाललाई नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा चिर परिचित बनाउने हजारौको हात रहको सत्य हो । जुन कुरा लुकाएर लुक्दैन।

अर्को तर्फ राधिका हमालसँग कला नभएको भए माथि उल्लेख गरिएका योगदानहरुको कुनै अर्थ र मूल्य रहने थिएन । रह्यो पर्दा पछिको कुरा । गायिका हमाललाई जीवन प्रयन्त धेरैसाथ दिने उनका श्रीमान कृष्ण पुन हो ।

कृष्ण पुन प्रतिष्ठित व्यक्तिहरु र केही निश्चित जोडिएका मानिस बाहेक गायिका हमालको जति चिनिएको अनुहार होईन यो भन्दा पनि पुनमाथि अन्याय हुँदैन।

पुन एक सफल एरेन्जर हुन । संगीतकार हुन । मिस्कर हुन । यतिले मात्रै उनको क्षमताको बारेमा ब्याख्या कम हुन्छ । उनि फिलिङ्मा गाउन पनि सक्छन् । बाध्यबाधक पनि हुन ।

यि सबै कुराहरुको उदाहरण तिहारको गीतले प्रष्ट पार्छ । माथि उल्लेखित गीतमा गायिका हमाल र पुनको स्वर रहेको छ।  जलु गुरुङको निर्देशन रहेको उक्त गीतको म्यूजिक भिडियो हरिनारायण चौधरीले छायांकन गरेका छन् । सम्पादन संगीत बानियाले गरेका छन् ।

https://www.youtube.com/watch?v=mPXP16fxhCc&feature=youtu.be

 



प्रतिक्रिया दिनुहोस्