Logo

उद्योग वाणिज्य संघको अध्यक्षमा खत्री निर्वाचित



जाजरकोट, २३ असोज । जाजरकोट उद्योग वाणिज्य संघको आइतबार सम्पन्न निर्वाचन परिणामअनुसार अध्यक्षमा एमाले र राप्रपाका साझा उम्मेदवार कर्णबहादुर खत्रीसहित गठबन्धनको प्यानलै विजयी भएको छ ।

खत्रीले काँग्रेस र माओवादी ९केन्द्र०का साझा उम्मेदवार भद्रबहादुर वलीलाई ८३ मत अन्तरले पछि पार्दै विजयी बन्नुभएको हो । खत्रीको पक्षमा ३६७ मत परेको थियो भने वलीले २८४ मत प्राप्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा पनि कर्णकै प्यानलका शिवविक्रम हमाल विजयी बन्नुभएको छ । त्यस्तै उपाध्यक्षमा नरबहादुर थापा विजयी बन्नुभयो ।

महासचिवमा ईश्वरीबहादुर खत्री ,सचिवमा अमरबहादुर शाही, कोषाध्यक्षमा मोहन खड्का विजयी हुनुभयो । त्यसैगरी खुल्ला सदस्यमा चक्रबहादुर थापा , मंगले बुढाथोकी , खिमबहादुर शाही र विष्णु वली विजयी हुनुभएको छ ।

जनजाति सदस्यमा गणेशबहादुर थापा , महिला सदस्यमा बन्दना पुन , धनमाया खड्का र दलित सदस्यमा गणेशबहादुर कामी विजयी भएको उद्योग वाणिज्य संघ जाजरकोटले जनाएको छ ।

अपांग सदस्यमा यसअघिनै काँग्रेस९माओवादी केन्द्र गठबन्धनका भीमबहादुर खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । रासस



प्रतिक्रिया दिनुहोस्