Logo

प्रहरीले चुनाब अघि नै सुरक्षा शिक्षालागु गर्छ: एआइजि चन्द



लंकराज धमाला : कालिकोट, २३ असोज । प्रदेश नम्बर ६ को निरिक्षण सहित जिल्ला भ्रमणमा निस्किएका अतिरिक्त प्रहरी महानिरिक्षक रणबहादुर चन्दले प्रदेश चुनाब अगाडि नै सबै स्थानियतहमा नागरीक सुरक्षा शिक्षाकार्यक्रम लागु गरिने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल शाखा कालिकोटले आयोजना गरेको साक्षात्कारमा बोल्दै एआइजि चन्दले प्रदेश नम्बर ६ मा देखिएको अपराधिक घटनाहरु न्युनिकरण गर्दैै केन्द्र र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचनलाई शान्तिूिर्ण सम्पन्न गर्नको लागि सुरक्षा व्यबस्था कडा पारिने जानकारी दिए ।

उनले कर्णाली राजमार्गमा हुने ट्राफिक नियम उल्लङघनका गटना न्युनिकरण गर्ने हाइव गस्ती र स्थानिय गाउपालिका नगरपालिका बासिन्दाहरुसँग मिलेर नागरकि सुरक्षागर्ने, लागु औषध दुर बेसैनीबाट बच्च र नागरिकका बिभिन्न सरोकारका बिषयमा सुरक्षाशिक्षा पाठ्यक्रम तयार गरेर स्थानिय तहको साझेदारिमा युवाहरु मार्फत संञ्चालन गरीने बताए ।

आजनै जिल्ला प्रहरीकार्यालय कालिकोट को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा आचरण सुधारगर्ने अपराधमा सुक्ष्म घटना हरुलाई पनि प्रहरीको सहज पहुचका लागि गृहमन्त्रीको ८४ बुदे सुधार कार्ययोजना अन्तरगत यो कार्यक्रम संञ्चालन गरिने बताए ।

त्यस्तै साक्षात्कार कार्यक्रममा बोल्दै सुरक्षा शिक्षा कार्यक्रमका लागी जुम्ला, मुगु र कालिकोटमा युवामहासंघ सम्मेत साझेधारी गरिने बताउदै अनुगमन तथा सुरक्षाशिक्षा अभियानलाई कार्यन्वन गराउन स्थानिययुवाहरुको मह्त्वपुर्ण भुमिकाहुने र युवा गैरसहकारी संस्थाले सहकार्य गरेर अगाडी बढ्ने महासंका केन्दीय अध्यक्ष नारायण गिरीले बताए ।



प्रतिक्रिया दिनुहोस्