Logo

चिकित्सा शिक्षा विधेयक पारित हुनेमा शंका, केसीको अवस्था जटिल



काठमाडौं २६ असोज । संसद्मा विचारधीन शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका विषय समेट्न प्रमुख प्रतिपक्ष एमाले र सत्ता साझेदार दल माओवादी केन्द्र तयार नभएपछि विधेयक पारित हुनेमा शंका उब्जिएको छ ।

पटपटक कार्यसुचीमा परेर पनि डा. केसीसंग भएको सम्झौता र केदारभक्त माथेमा कार्यदलको सिफारिस विधेयकमा समेट्न आन्ततः कांग्रेस तयार भए पनि अन्य प्रमुख दुई दल तयार नभएपछि पारित हुनेमा सन्देह उब्जिएको हो ।

यता चिकित्सा शिक्षा विधेयक पारिलगातका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ ।, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्