Logo

देउवाले गरे कानुन उल्लंघन: खुमबहादुर टिकट बाँड्दै



काठमाडौं २६ असोज । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधान उल्लंघन गर्दै उम्मेदवारलाई टिकट बाँड्ने अधिकारसम्पन्न संसदीय समिति बनाएका छन् ।

विधानत १४ सदस्यीय हुनुपर्ने समितिलाई उनले १७ सदस्यीय मात्रै बनाएका छैनन्, साधारण सदस्यसमेत हुन अयोग्ग नेता खुमबहादुर खड्कालाई चुनावमा टिकट बाँड्ने महत्वपूर्ण समितिमा मनोनयन गरी कानूनको पनि उल्लंघन गरेका छन् ।

खड्का सर्वोच्चबाट भ्रष्टाचारी ठहर भई जेल सजाय भोगिसकेका व्यक्ति हुन् । उम्मेदवार छान्ने अधिकारसम्पन्न संसदीय समिति पार्टी महाधिवेशनको दुई बर्षपछि बनेको हो । ‘सर्वोच्च अदालतले भ्रष्टाचार अभियोगमा १८ महिनाको जेल सजाय र ९० लाख ४७ हजार जरिवाना फैसला गरेपछि २०६९ भदौ ६ गते काठमाडौं जिल्ला अदालतमा आत्मसमर्पण गर्नेक्रममा खुमबहादुर खड्का’ क्याप्सनको फोटोसहित यो खबर आजको कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।



प्रतिक्रिया दिनुहोस्