Logo

वामगठबन्धनमा गडबड, नयाँ शक्ति बाहिरने तयारी



काठमाडौं २६ असोज । नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्तिसहितको बाम गडबन्धनमा गडबड भएको छ । ल एक सातादेखि प्रयास गरे पनि निर्वाचन क्षेत्र र सिट बाँडफाँड टुंग्याउन सकेका छैनन् । सूर्य चिह्न लिएर लिएर निर्वाचनमा जाने सहमतिसहित वाम गठबन्धनमा सामेल नयाँ शक्तिले पाउने सिटका विषयमा कुरा नमिल्दा गठबन्धन नै भत्किने देखिएको छ । नयाँ शक्तिले देशभरीमा कम्तिमा १० सिट मागेको छ । तर एमाले र माओवादीले ३ देखि ५ भन्दा बढी दिन नसिकिने अडान लिएका छन् ।

कार्यदलको बैठकमा नयाँ शक्तिका नेता गंगा श्रेष्ठले लिएको प्रस्तावमा एमाले र माओवादीले सहमति जनाएका छैनन । गठबन्धनमै आउने तयारीमा रहेका नेकपा माले र राष्ट्रिय जनमोर्चाले केन्द्र र प्रदेशमा पाउने क्षेत्र र सिटबारे पनि अन्योल छ तीन दिनपछि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने भएकाले त्यसअघि नै क्षेत्र बाँडफाँड टुंग्याउनुपर्ने दबाब दलहरूलाई छ ।

गोरखामा पनि समस्या
नयाँ शक्तिले पाउने सिटमा गोरखामा नै समस्या देखिएको छ । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायण्काजी श्रेष्ठ एउटै क्षेत्रमा उठ्ने अडानमा रहेपनि समस्या देखिएको छ । आफुलाई गठबन्धनमा हेपिएो महसुस गरिएको नयाँ शक्तिमा छलफल सुरु भएको छ । स्रोतका अनुसार सिटमा सम्मानजनक हैसियत नभए गठबन्धन छाड्ने विषयमा पनि छलफल सुरु भएको छ ।

सानादललाई मिलाउन सकस
एमाले र माओवादी केन्द्रले आपसी छलफल जारी राखे पनि वाम गठबन्धनमा आबद्ध नयाँ शक्ति पार्टी नेपाल तथा सामेल हुने तयारीमा रहेको नेकपा माले र राजमोलाई दिइने क्षेत्र र सिट संख्याबारे अझै छलफल भएको छैन ।

नयाँ शक्तिले प्रतिनिधिसभा र प्रदेश सभामा कुल सिटको १५ प्रतिशत दाबी गरेको छ । त्यस्तै, मालेले प्रतिनिधिसभामा पाँच तथा प्रदेश सभामा १० सिट दाबी गरेको छ । जनमोर्चाले पनि गठबन्धनमा सामेल हुने निर्णय गरिसकेको छ । दुई दलले सबै साना दललाई बढीमा १५ सिट दिनेगरि भागबण्डा मिलाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्