Logo

कार दुर्घटना हुँदा अन्तिम दिन रहेछ सोचे, एकछिन केही देखिँन: रेखा थापा



काठमाडौं, २६ असोज । चर्चित नायिका रेखा थापा कार दुर्घटनामा परेकी छिन् । बुधबार काठमाडौंको चाबहिलमा उनी सवार कारलाई ट्रकले ठक्कर दिएको हो ।

रिपोर्टर्स नेपालसँगको कुराकानिमा नायिका थापाले भनिन्,‘पछाढिबाट जोडले ठक्कर दियो, ला आज नै अन्तिम दिन रहिछ सोचे, भगवान भने, एकछिन अध्यारो भयो, दुर्घटनाको पहिलो अनुभव भएकाले पनि होला एकछिन मैले केही देखिँन।’

उनले भनिन्,‘ अलि जाम नै थियो, म चावहिलमा टि आकारमा कार कस्र गर्दै थिए ट्रकले ठक्कर दियो, मलाई वरिपरिका मानिसहरुले चिनेर पनि होला तत्काल ट्रक चालकलाई समाते कोही कोहीले हान्न तम्सिए तर मैले हान्न दिईन, ठुला दुर्घनाबाट बचियो, शुभचिन्तक, दर्शक र भगवानको कृपा मायाले बाँचियो, कारमा मज्जाले क्षेति भएको छ, कार दुर्गटनामा परेकि हुँ म कुसल छु।’

थापा यति बेला उनको आफ्नै व्यानरमा बनेको नेपाली चलचित्र “‘रुद्रप्रिया’को कार्तिक २ गते रिलिजको दौरानमा व्यस्त छन् । मालबाहक ट्रकले ठक्कर दिदा कारमा क्षति भएपनि थापा सुरक्षित छिन । दुर्घटनाको समयमा रेखा आफैंले कार हाँकेकी थिइन् र उनलाई पछाडिबाट आएको मालवाहक ट्रकले ठक्कर दिएको हो ।

टिभी फिल्मीमा अन्तर्वार्ता दिएर फर्केकी थापाको कारमा ट्रकले ठक्कर दिए पछी चावहिलमा केहीबेर जाम भएको थियो । देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘रुद्रप्रिया’को प्रमोशनमा व्यस्त रहेको समयमा रेखा दुर्घटनामा परेकी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्