Logo

‘बेस्ट अफ लक’ लिएर आए डिल्पु



काठमाडौं, २६ असोज । आधुनिक गायक डिल्पु मोक्तान पुनः दोस्रो एल्वम ‘बेस्ट अफ लक’ लिएर आएका छन् । लामो समयदेखी गायन क्षेत्रमा रहेर दर्जनौं गीतहरूमा स्वर दिएका छन् ।

२०६६ सालमा पहिलो सांगितिक कोसेली लिएर सांगितिक क्षेत्रमा प्रवेश गरेका काभ्रेली युवा मोक्तान सांगितिक क्षेत्र आफ्नो रहर भएको बताउँछन् ।

ठूलो पर्सेल आवाजमा सुनकोशी नदीको तिरैमा बोलको गितमा समेत स्वर दिएका उनले पहिलो कोसेलीमा आठवटा गित गाएका थिए ।

हालै सार्वजनिक गरिएको लोक पप गितिएल्वम बेस्टअफ लकमा ६ वटा गितहरू समावेश गरिएको छ । नेपालले ल्याएको उक्त एल्वमको गित तिमी बाहेक कोही रोज्या छैनको भिडियो समेत सार्वजनिक भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्