Logo

राणाकालिन दरबार सवा ३ करोडमा भत्काइने: सामाग्री ठेकेदारले लैजाने



काठमाडौं २७ असोज । काठमाडौं महानगरको मुख्यालय रहेको बाघ दरबार भत्काइने भएको छ । ३ करोड २५ लाखमा सो दरबार भत्काउन लागिएको हो ।

काठमाडौं महानगरपालिकामा आज (शुक्रबार) टेन्डर आह्वान गरी दरबार भत्काउने प्रक्रिया अगाडि बढाइने भएको छ ।पुरातत्व विभागले रेट्रोफिट गर्न अध्ययन गरिरहेका बेला महानगरले दरबार भत्काउन लागेको हो ।

दरबार भत्काएपछि त्यहाँको सम्पूर्ण सामाग्री ठेकेदारले नै लैजाने भएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।महत्व पूर्ण सामाग्री रहेको सो दरबारको पुरातात्विक सामाग्री ठेकेदारलाई दिने भए पछि उक्त दरबारको पुरानो संरचना नै नष्ट हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्