Logo

खाना पकाउनेक्रममा करेन्ट लागेर मृत्यु



बनियानी, झापा, २७ असोज। झापाको कनकाई नगरपालिकामा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नपा–३ दुर्गापुरकी ५६ वर्षीया कौशिला कोइराला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कोइरालालाई घरमा खाना पकाउनेक्रममा विहिबार हिटरबाट करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्