Logo

टिकटको विषयलाई लिएर गोरखामा वाम गठबन्धनबीच दरार



गोरखा, २६ असोज । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि गोरखा जिल्लाका वामगठबन्धनका नेताहरुवीच आफ्नो प्रभाव यथावत राख्नको लागि  टिकटको विषयलाई लिएर दरार पैदा भएको छ ।

गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक समेत रहेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठवीच टिकटलाई लिएर ठूलै रस्साकस्सी परेको छ ।

हुन त अहिले बाबुराम र उनको रस्साकस्सीपछि नेता श्रेष्ठकै पल्लाभारी भएको स्थानीय नेताहरुको दाबी छ । तर दुईमध्ये कसले टिकट पाउँछ भन्ने कुरा अहिलेसम्म निक्र्यौल भएको छैन् ।

त्यस्तै गोरखा निर्वाचन क्षेत्र २ को ‘क’को प्रदेश सभाको प्रत्यक्षतर्फ भने ३ वटा वाम पार्टीवीच टिकटलाई लिएर तानातान नै सुरु भएको छ ।

तर गोरखामा एमालेले भने अहिले पी.एन. क्याम्पसका पूर्व स्ववियु सचिव त्रिविका पूर्व उपसभापति प्रकाश न्यौपानेलाई ल्याउनुपर्छ भन्ने पक्षमा एमाले नेताहरु क्रमशः भानुक्त ढकाल, हिक्मत कार्की, खिमलाल भट्टराई र राजेन्द्र राई लगायतका नेताहरु लागिपरिरहेका छन् ।

यता नयाँ शक्ति नेपालले भने डालक्ष्मी देवकोटा उठाउने तयारी थालेको छ । उनलाई जुनसुकै हालतमा पनि उठाउने तयारीमा स्वयम् पार्टीका संयोजक बाबुराम लागिपरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि आफ्नो पकडको मान्छेलाई उठाएर आफ्नो प्रभाव जमाउने दाउमा छन् । अहिले नै कसले बाजी मार्छ भन्ने निकै गाह्रो छ।

तर यो क्षेत्रमा एमालेको संगठन राम्रो भएकोले र बाबुरामले आफ्नो मान्छेले टिकट नपाए एमाले उम्मेद्धवारलाई सहयोग गर्छु भनेर सार्वजनिक रुपमै भनेकोले एमालेको लागि जित सहज हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्