Logo

अक्षयको फिल्ममा सलमान ‘आउट’ अजय ‘ईन’



मुम्बई २७ असोज । बलिउडका खिलाडी अक्षय कुमारको यस वर्ष दुई फिल्म प्रदर्शनमा आइसकेको छ । उनी चाँडै रजनीकान्तसँग फिल्ममा देखिँदैछन् ।

योसँगै उनी सोनम कपूरसँग फिल्म प्याडम्यानमा पनि देखिनेछन् । यस्तैमा उनले अर्को फिल्मको घोषणा गरेका छन् । सारागढीको युद्धमा आधारित अक्षय कुमार र करण जौहरको फिल्म केसरी वर्ष २०१९ मा प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

फिल्मको निर्माण केप अफ गुड होप फिल्म्स र धर्मा प्रोडक्शन्सले संयूक्त रुपमा गर्नेछ । करणको प्रोडक्शन हाउसले ट्विटर ह्यान्डलमा फिल्मको पोस्टर सार्वजनिक गर्दै केसरीको बारेमा जानकारी दिएको छ । यसभन्दा अगाडि सलमान पनि यो फिल्मको निर्मातामा रहने खबर थियो तर पछि उनले यो फिल्मबाट हात झिकेका छन् ।

अक्षयले ट्वीट गर्दै लेखेका छन्, यस्तो फिल्म गर्न पाउँदा म निकै उत्साहित छु । केसरी २०१९ को होलीमा प्रदर्शन हुनेछ ।ु यस्तै, करणले ट्वीट गरे, यो ऐतिहासिक कहानीलाई पर्दा हेर्न निकै उत्साहित छु । अक्षय कुमार र करण जौहरको यो फिल्म ब्याटल अफ सारागढी’ माथी आधारित हुनेछ । यो फिल्मलाई अनुराग सिंहले निर्देशन गर्दैछन् ।

खबरका अनुसार, सलमानले हात झिकेपछि यो फिल्ममा अजय देवगन निर्माताको रुपमा भित्रिएका छन् । ‘ब्याटल अफ सारागढी’ माथी आधारित भएर यसअघि अजय देवगनले पनि ‘सन अफ सरदार २’को घोषणा गरेका थिए ।

केही समय अगाडि आफ्नो फिल्मको विषयमा कुराकानी गर्दै अजयले भनेका थिए, ‘मलाई यो फिल्म सुरु गर्न केही समय लाग्छ । यदी मभन्दा अगाडि यो कथावस्तुमा कसैले फिल्म बनाउन चाहन्छ भने बनाउँदा हुन्छ मलाई कुनै गुनासो हुने छैन ।

म जुन तरिकाबाट यो कहानी बनाउन चाहन्छु त्यसका लागि मलाई केही समय लाग्छ ।’ सलमान र करणले जब अक्षयसँग मिलेर फिल्म निर्माण गर्ने घोषणा गरे तब अजय देवगनले सलमानलाई भेटेर आफ्नो गुनासो पोखेका थिए ।

सलमान र अजय निकै मिल्ने साथी हुन् । भारतीय मिडियाका अनुसार, सलमान खानले केसरीबाट हात झिकेर अजय देवगनलाई निर्माताको रुपमा भित्राएका हुन् ।

करणको ऐ दिल है मुश्किलु र अजयको शिवाय एकै मितिमा प्रदर्शन हुँदा यी दुईमा निकै ठुलो दुश्मनी उत्पन्न भएको थियो । तर, सलमानले यी दुईको दुश्मनी मित्रतामा परिणत गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्