Logo

प्रधानमन्त्रीले आज माओवादी मन्त्री हटाउँदै !



काठमाडौं २८ असोज ।
मन्त्रिपरिषद विस्तार गरेपनि देउवाले उपप्रधानमन्त्री थापा सहित सवै मन्त्री विनाविभागीय छन् । राप्रपाबाट मन्त्रीमा जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापा छन । राज्य मन्त्रीमा कुन्ती साही, भाष्कार भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिपक्षसंगको गठबन्धनपछि सरकारबाट फिर्ता हुन अनौपचारिक छलफलमा आग्रह गर्दै आएका थिए । तर, माओवादी केन्द्रको भित्री चाहना सरकारबाट बाहिरिने थिएन ।

प्रधानमन्त्रीले माओवादीले लिएकै मन्त्रालय राप्रपालाई दिनेगरी मन्त्रिपरिष विस्तार गरेपछि भने माओवादीलाई सरकारबाट बाहिरिन दबाव परेको छ । सम्वैधानिक व्यवस्था प्रधानमन्त्रीले सिधै मन्त्रि हटाउन सक्दैनन । संविधानको धारा २९८ (९) को व्यवस्था अनुसार मन्त्री पदमुक्त चार अवस्थामा हुन्छन । जस अनुसार लिखित राजीनामा दिएमा, प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भएमा, सम्वन्धित दलको सिफारिसमा वा सम्वन्धित दलसंगको सल्लाहमा प्रधानमन्त्रीले पदमुक्त गरेमा र मृत्यु भएमा ।

सिधै हटाउन

संवैधानिक अडन भएकाले प्रधानमन्त्री देउवाले मन्त्रिपरिष विस्तार गरी माओवादीलाई हट्न दबाव दिएका हुन । कथंम माओवादी सरकारबाट नहटेमा माओवादीका तर्फबाट मन्त्री भएकालाई विनाविभागीयमा लगेर राप्रपाका मन्त्रीलाई मन्त्रालय तोक्नेगरी मन्त्रालय हेरफेर गर्ने तयारीमा प्रधानमन्त्री पुगेको स्रोतले बतायो । राप्रपा अध्यक्ष कमल थापालाई गृहमन्त्रालयको जिम्मेबारी तोक्ने संभावना छ । माओवादी केन्द्रका नेता श्रेष्ठले भने प्रधानमन्त्रीले सत्ता गठबन्धनसंग सल्लाहनै नगरी सरकार विस्तार गरेकाले पार्टीले सरकार छाड्ने या नछाड्ने भन्ने बिषयमा छलफल भईरहेको बताए । ‘अहिल्यै केही निर्णय भएको छैन’ उनले भने,‘अहिले हामी छलफलमै छौ ।’ माओवादी स्रोतले भने सरकारबाट फिर्ता हुने तयारीमा माओवादी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्