Logo

बाबुराम एक्लै



काठमाडौं २८ असोज ।  वाम तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिन्ह ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ । गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्र साझा चुनाव चिन्ह प्रयोग गर्ने सहमतिको मर्म विपरीत गएको भन्दै नयाँ शक्ति पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय गरेको छ ।

बैठकले संयोजक बाबुराम भट्टराईसहितका शीर्ष नेताहरुको निर्वाचन क्षेत्र पनि टुंगो लगाएको छ । माओवादी केन्द्रले गोरखाका दुवै क्षेत्र नछाड्ने अडान लिएपछि भट्टराई एक्लै चुनाव लड्ने निर्णयमा पुगेका हुन् । निर्णयअनुसार भट्टराई गोरखा– २, कृष्णकुमार चौधरी कैलाली– ३, दानबहादुर चौधरी कपिलवस्तु– १, प्रेम तामाङ रसुवा र मदन राई खोटाङबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार हुनेछन् ।

बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशीतालाई अस्वीकार गर्ने राजनीतिक पार्टीहरु, व्यक्ति–व्यक्तित्वबाहेक सबैसँग संघ र प्रदेशस्तरमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । तालमेल भएको क्षेत्रमा बाहेक संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रहरुमा उम्मेद्वारी दिने, समानुपातिकतर्फको बन्दसूची तयार पार्न कार्यालयलाई जिम्मेवारी दिने । उम्मेद्वारीको तय गर्न साथै विभिन्न पक्षहरुसँग वार्ता–छलफल र आवश्यक निर्णय गर्न कार्यालयलाई अधिकार दिने निर्णय गरेको छ ।कान्तितपुरबाट



प्रतिक्रिया दिनुहोस्