Logo

अनियमितताको आरोप लागेका खड्का मन्त्रालय तानिँदै



काठमाडौं २८ असोज । इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले आपूर्ति मन्त्रालयमा तान्न प्रक्रिया अघि बढाएको छ ।

खड्कालाई निगममै राख्दा थप क्षति हुने ठहर गर्दै सरकारले मन्त्रालयमा हाजीर गराउन निर्वाचन आयोगसँग अनुमति मागेको छ । डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेका खड्कालाई मन्त्रीपरिषद बैठकले स्पष्टीकरण नसोधि बर्खास्त गरेको थियो ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि खड्का निगम फर्किएका थिए । आजको नागरिकमा यो खबर छ ।निर्वाचन आचारसंहिता लागेकाले खड्कालाई मन्त्रालयमा हाजिर गराउन आयोगमा अनुमतिका लागि पत्राचार गरिएको छ ।

अनियमितता पुष्टि भएकाले खड्कालाई निगमको भूमिकाबाट बाहिर राख्न लागिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘खड्कालाई मन्त्रालयमा तान्न आयोगमा पत्राचार भइसकेको छ ।’, ती अधिकारीले भने, ‘आयोगले अनुमति दिनासाथ मन्त्रालयमा तान्छौं ।’



प्रतिक्रिया दिनुहोस्