Logo

प्रधानमन्त्रीको कदममा राष्ट्रपतिको चासो



काठमाडौं २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचार संहिता विपरित सरकार विस्तार गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले चासो रोखेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई शुक्रबार मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गरेको सन्दर्भमा आज निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्ने भएकी छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमन्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गरेकोे मन्त्रिमन्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो ।

कतिपय सन्चारमाध्यममा शनिबार नै नयाँ मन्त्रीहरुको शपथग्रहण कार्यक्रम हुने भनी दिएका समाचारमा सत्यता नभएको राष्ट्रपतिको कार्यालयले स्पष्ट पारेको छ । राष्ट्रपतिले सपथ ग्रहण रोक्न सक्ने वा नसक्ने विषयमा संविधानमा उल्लेख नभएकाले उनको कदमका विषयमा आकलन मात्रै भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्