Logo

कर्णालीमा पर्यटन सडक निर्माण गर्नुपर्छःमहासचिव शाही



काठमाडौं, २८ असोज । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले कालिकोट र कर्णालीमा पर्यटन सडक निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा ‘सुन्दर कालिकोट–समृद्धि कालिकोट’ले आयोजना गरेको तिहारको शुभकामना एवम् चियापान कार्यक्रममा महासचिव शाहीले यस्तो माग गरेका हुन ।

कालिकोटका विभिन्न पर्यटन भू–भागका अवलोकन गरेर राजधानी फर्केका महासचिव शाहीले भने,‘कालिकोटलाई विकास र प्रगतिको पथमा लैजानको लागि धेरै समय लाग्दैन, इच्चाशक्ति हुनुपर्छ, कुनै एक जना व्यक्ति मन्त्रीबन्दैमा कालिकोटको विकास हुँदैन,यहाँको समृद्धिको लागि सबै राजनीतिक दलहरुको बीचमा कालिकोटको विकासको लागि ऐक्यबद्धता हुनुपर्छ।’

त्यस्तै नेपाली लेखक संघका केन्द्रिय उपाध्यक्ष तथा नेपाली काँग्रेसका यूवा नेता मोतिराज बमले आगामी केन्द्र सभाको लागि यूवा नेता महासचिव शाहीलाई पार्टीले टिकट दिनुपर्नेमा जोडदिए ।

शुभकामना आदान–प्रदान कार्यक्रममा विद्युत प्राधिकारणका सह–निर्देशक मोतिलाल महतारा, डा. ललितजंग शाही, गायक सुरेश शाही, कृष्ण अधिकारी,मञ्जीत शाही,तारा शाह,बर्मजंग बम,नेविसंघका केन्द्रिय सदस्य अर्जुन बम,त्यस्तै नवराज बराल, शंकर उपाध्याय लगायतले कर्णाली कालिकोटको विकास र समृद्धिका बारेमा कुराहरु राखेका थिए।



प्रतिक्रिया दिनुहोस्