Logo

डाक्टर पढ्न डिभाइसबाट यसरी चिट चोर्छन विद्यार्थी



काठमाडौं २९ असोज । काठमाडौं २९ असोज । एमबीबीएस प्रवेश परीक्षामा सिमकार्डयुक्त अत्याधुनिक इलेक्ट्रोनिक्स डिभाइस प्रयोग गरेर चिट चोर्ने चार विद्यार्थी पक्राउ परेका छन् ।

तीन विद्यार्थीलाई बौद्धस्थित परीक्षा केन्द्रबाट र एक जनालाई तीनकुनेबाट पक्राउ गरिएको हो । आजको कान्तिपुरमा खबर छ । चिट चोर्न डिभाइस उपलब्ध गराउने गिरोहका अन्य पाँच जना, नक्कली परीक्षार्थी बनेर जाँच दिइरहेका एक र नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

गिरोहका सदस्यले दुई देखि पाँच लाख रुपैयाँसम्म लिएर चिट चोर्ने डिभाइस विद्यार्थीलाई उपलब्ध गराएका थिए । यस्तो डिभाइसमार्फत चिट चोर्न परीक्षार्थीले यस्तो टिसर्ट लगाएका हुन्छन्, जसमा सलाईको बट्टा आकारको सिमकार्डयुक्त डिभाइस सिलाएर राखिएको हुन्छ ।

उक्त डिभाइसबाट निस्केको तार कपडाभित्र सिलाउँदै कुमनेर पुर्याइन्छ ।

तारको टुप्पोमा भएको एअरफोन आकारको यन्त्रले कानभित्र रहेको अत्यन्त सानो आकारको वायरलेस एअरफोनमा आवाज पुर्याउन मद्दत गर्छ ।



प्रतिक्रिया दिनुहोस्