Logo

सोसाइटीको अध्यक्षमा लामिछाने



पोखरा, २९ असोज । पठन संस्कृतिको विकासको उद्देश्यका साथ क्रियाशील ¥याण्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित हुनुभएको छ ।

सोसाइटीको शनिबार पोखरामा सम्पन्न पाँचौँ अधिवेशनले पत्रकार लामिछानेको नेतृत्वमा दुई वर्षे कार्यकालका लागि एक सदस्य पछि थप्ने गरी १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रुपिन्द्र प्रभावी, सचिवमा अनुपमणि अधिकारी, कोषाध्यक्षमा विजय भण्डारी र सहसचिवमा सुरज उपाध्याय चयन हुनुभएको छ । यस्तै सदस्यमा मीरा ढकाल, ध्रुव केसी, खिम लामिछाने, अल्पज्ञानी र नेपालप्रकाश अधिकारी चयन हुनुभएको छ ।

पत्रकारिता क्षेत्रमा क्रियाशील रही साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका लामिछानेले ¥याण्डमको उचाइलाई सकेसम्म अझै बढाउन प्रयास गर्ने र नसके पनि उचाइ घट्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्