Logo

समानुपातिकतर्फको बन्दसुची दर्ता: दलहरुको तयारी भद्रगोल



काठमाडौं ३० असोज । राजनीतिक दलहरुले पर्याप्त आन्तरिक गृहकार्य नगर्दा सामाुनपातिकतर्फको बन्दसुचि र्दा भद्रगोल बनेको छ । आईतबार राति अबेरसम्म दलका नेताहरु निर्वाचन आयोग परिसर तथा कोठामा भेला भएर बन्दीसुचीलाई अन्तिम रुपमा दिने कोसिस गर्दै गरेको अवस्थामा भेटिए ।

राति साढे आठ बजे बहादुर भवनस्थित आयोगको परिसर पुग्दा चौरमा पाल टाँगेर बनाएको दर्तास्थलमा बसेका कर्मचारी राजीनितिक दलको प्रतिक्षामा देखिँन्थे ।

कतिखेर सुची बुझाउन दलका प्रतिनिधि आउने हुन् । कतिखेर दर्ता गरेर सकिने हो थाहा छैन । न खान न सुत्नको ठेगान भो, एक कर्मचारीले गुनासो गरे ।, यो खबर आजको नागरिकमा छ ।



प्रतिक्रिया दिनुहोस्