Logo

पार्टी एकीकरणसहित गच्छदार कांग्रेस फर्किदै



काठमाडौं ३० असोज । नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज सोमबार पार्टी एकता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन । आज औपचारिक रूपमा दुई पार्टीबीच भएको सहमति सार्वजनिक गरिनेछ । एकतासँगै नेपाली कांग्रेसबाट बाहिरएको एक दशकपछि विजयकुमार गच्छदार नेपाली कांग्रेसमा फर्किदैछन् ।

हिजो हुने भनिएको पार्टी एकताआजलाई सरेको छ । अर्थमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार दुई पार्टीबीचको एकता आज ११ बजेलाई सरेको हो । ‘बिहान ११ बजे बालुवाटारमा पार्टी एकताको कार्यक्रम तय भएको छ’, कार्कीले भने ।तत्काल सिटसख्यामा तालमेल र गच्छदारलाई उपसभापति वा महामन्त्रीदिने सहमति भएको छ।

यता, नेपाल लोकतान्त्रिक फोरममा पछिल्लो चरणमा एकीकृत भएका राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक का नेता शिवलाल थापासहितका नेताहरु भने कांग्रेसमा नजाने भएका छन् । थापाले आफूले छुट्टै निर्वाचन प्रक्रिया अघि बढाइसकेको बताए । उनले लोकतान्त्रिक फोरम अध्यक्ष विजय गच्छदारसहितका नेताहरु कांग्रेसमा एकीकरण हुन लागेको भए पनि आफूहरु भने नजाने बताए ।

 



प्रतिक्रिया दिनुहोस्