Logo

‘रोमियो’ ट्रेलर सार्वजनिक



काठमाडौं, ३० असोज । कार्तिक २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘रोमियो’को ट्रेलर सार्वजनिक भएको छ । मस्ती, प्रेम, विछोडलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ ।

‘‘ल्याङ ल्याङ’ बोलको गीतका कारण चर्चामा रहेको चलचित्रको ट्रेलर कलरफुल छ । चलचित्रको ट्रेलरबाट के प्रष्ट हुन्छ भने नायिका निशा अधिकारीले यौनकर्मी महिलाको भूमिका निर्वाहा गरेकी छिन् । जसको प्रेममा रोमियो उर्फ हसनराजा खान दिवाना भएका छन् ।

चलचित्रमा हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छ । त्रिकोणात्मक प्रेम कथालाइ उठान गरेको फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ ।

शंकर कार्कीले फिल्मको निर्देशन गरेका हुन् । एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका सह–निर्माता बिष्णु कार्की छन् । मिलन सापकोटा फिल्मका कार्यकारी निर्माता हुन् ।



प्रतिक्रिया दिनुहोस्