Logo

वडा अध्यक्ष भण्डारी सरसफाई अभियानमा



कौरव खत्री: गुल्मी ३० असोज । बाग्लुङ्गको गल्कोट नगरपालिकाको हटिया बजारलाई स्वच्छ र सफा बजारको बनाउन वडा अध्यक्ष सरसफाई अभियानमा जुटेका छन् । ।

नगरपालिकाको वडा नं. ३ का युवा वडाअध्यक्ष विर जङ्ग भण्डारी आफ्नो नगरपालिका अन्तर्गत वडा नं. ३ को मुख्य केन्द्र हटिया बजारलाई एउटा नमूना र स्वच्छ, सफा सुन्दर बजारको निर्माण र विकास गर्न स्वंयम वडा अध्यक्ष भण्डारी आफै नै फोहोर व्यवस्थापन तथा सरसफाई अभियानमा लागेका छन् ।

गल्कोट नगरपालिकाको वातावारण तथा विपत् व्यवस्थापन समितिका संयोजकको जिम्मेवारी समाल्दै आउनु भएका अध्यक्ष भण्डारी भन्नुभयो, कुनै पनि कामको सुरुवात आफैबाट गनुपर्छ भन्दै अध्यक्ष भण्डारी आज बजारका चोक, गल्ली एवम् नालीहरु र बाटोघाटो लगायतमा छरिएर रहेका फोहोरमैलाहरु उचित व्यवस्थापन गर्न अध्यक्ष भण्डारी सहित सुरक्षाकर्मी,स्थानीय व्यापारी, युवा महिला लगायतको टोलीले सरसफाई अभियानमा जुटेका थिए ।

गल्कोट नगरपालिका वडा नं. ३ अन्तर्गत पर्ने हटिया बजार यस क्षेत्रकै व्यापारिक केन्द्र भएको हुदा बजार परिसर वरिपरिको वातावरणीय प्रयावरण कायम गरेर सुन्दर शान्त स्वच्छ वातावरण कायम गर्ने हेतुले आफूले बजारलाई नमूना बजारको रुपमा विकास गदै सफा सुग्घर गराउदै समाज सुधारको एउटा नमूना कार्यको थालनी गर्ने अभियानमा आफू लागेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

साथै पछिल्लो समयमा बजार क्षेत्रमा सवारी साधनको चाप बढ्दै जान थालेपछि ट्राफिक नियमलाई अझ प्रभावकारी बनाउदै आम पैदल यात्रीहरुलाई सहज रुपमा बाटोको साइडबाट हिड्ने गरि फुटपातको अवधारणा समेत अगाडी बढाउने र बजार क्षेत्रमा सडक बत्ति जडान गर्न जस्ता कार्यमा आफू लागि परेको अध्यक्ष भण्डारीले बताए।

जिल्लाको गल्कोट क्षेत्रलाई व्यापारिक,पर्यटकीय एवं सास्कृतिक क्षेत्रका रुपमा परिचित मानिने गल्कोट क्षेत्र अन्तर्गतको हटिया बजारलाई एउटा नमूना सुन्दर शान्त र स्वच्छ बजार निर्माण र विकास गर्नका लागि आफूले निरन्तर काम गरिरहने अध्यक्ष भण्डारीले बताए ।

तस्बिर : कौरव खत्री



प्रतिक्रिया दिनुहोस्