Logo

सैनिक प्रवक्ताको कार्यभार हस्तान्तरण



काठमाडौं ३० असोज । जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी श्री नैनराज दाहालले सम्हाल्नु भएको छ । सहायक रथी श्री झंकर बहादुर कडायतले निर्देशनालयमा आयोजित एक कार्यक्रमका बीच श्री दाहाललाई कार्यभार हस्तान्तरण गरेका छन्।

करिव ७ महिना जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा सञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा बिशेषगरी डिफेन्स विटसंग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि सहायक रथी श्री कडायतले आभार प्रकट गरे ।

सञ्चार जगतको अहम् भुमिकाको उच्च कदर गर्दै उहाँले सेना र संचार जगत बीचको सम्बन्धमा सदाझंै हार्दिक सहयोग र शुभेच्छा नवनियुक्त सैनिक प्रवक्तालाई प्राप्त हुने नै छ भन्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्