Logo

विनाविभागीय मन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा कुर्सी र सोफा



काठमाडौं १ कात्तिक । प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । ‘मन्त्रीज्यूहरुलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ,’ मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने, ‘१० जना मन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा व्यवस्था गरिएको छ ।’

राज्यमन्त्रीलाई भने अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री कार्यालयको बैठक हलमा बस्ने व्यवस्था गरिएको छ । मुख्यसचिव क्षेत्रीले विनाविभागीय बनाइए पनि माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु मन्त्रिपरिषद बैठकमा सहभागी हुन सक्ने बताए ।

उनले विनाविभागीय मन्त्रीलाई मन्त्रिपरिषदमा छलफल हुने एजेन्डा पठाइने बताए । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्