Logo

मुख्य सचिवका लागि प्रधानमन्त्रीको रोजाईमा रेग्मी



काठमाडौं १ कात्तिक । सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भने मुख्य सचिवमा गृहसचिव लोकदर्शन रेग्मीलाई रोजी सकेका छन् । स्रोतका अनुसार अहिलेको परिस्थिति चुनाव लगायतका सबै विषयलाई ध्यानमा राखेर प्रधानमन्त्री देउवाले रेग्मीलाई ल्याउन खोजेका छन् ।

क्षत्रीको अवकाश मिति नजिकिँदै गर्दा निजामती क्षेत्रकै सबैभन्दा उच्च पदका रूपमा रहेको मुख्यसचिव बन्न मुख्यतः तीन जना सचिव प्रतिस्पर्धामा छन् । हाल रहेका करिब ५० जना सचिवमध्ये ज्येष्ठताका आधारमा मुख्यसचिवको प्रतिस्पर्धामा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय छन् ।

अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ मुख्यसचिव क्षेत्री सेवानिवृत्त हुनुभन्दा ५ दिनअघि नै यी दुवै सेवानिवृत्त हुने भएकाले उनीहरू मुख्यसचिवको प्रतिस्पर्धामा छैनन् ।

स्रोतका अनुसार गृहसचिव रेग्मीको प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणासँग उनको विशेष सम्बन्ध छ । ज्येष्ठताका आधारमा भने पहिलो नम्बरमा अधिकारी, दोस्रो नम्बरमा उपाध्याय र तेस्रो नम्बरमा गृहसचिव रेग्मी हुन् ।

 



प्रतिक्रिया दिनुहोस्