काठमाडौं, १ कार्तिक । संगीतकार संघ नेपालले संगीतकर्मी कल्याणकारी कोषको बृद्धीका लागि देउसी भैलो कार्यक्रम शुरु गरेको छ । संघका अध्यक्ष चर्चित संगीतकार लक्ष्मन् शेषले देउशीको सुरुवात गरेका थिए ।
संघले पहिलो दिन रोटरियन क्लव न्यूरोड सिटी परिवार र संगीतकर्मी मोहनबिर तुलाधरको संयोजनमा उदघाटन देउसी सुरु गरी रेडियो अडियोको संयोजनमा पहिलो दिनको दोस्रो तथा अन्तिम देउसी भैलो खेलेको छ । देउसी भैलोलाई रेडियो अडियोले करिव २ घण्टा प्रत्यक्ष प्रसारण पनि गरेको थियो ।
देऊसी भैलो कार्यक्रममा देशकै चर्चित संगीतकर्मीहरुरसंगीतकार रगीतकार गायकरगायिका तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । रेडियो अडियोका कार्यकारी अध्यक्ष दिपेन्द्र खनियाँले आगामी बर्षका लागि पनि प्रत्यक्ष प्रसारण मार्फत संघलाइ अग्रिम निम्तो गरेका थिए ।
संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कोष बाट संगीतकर्मीहरुलाई आपत बिपत पर्दा सहयोग हुदै आएको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिएका छन। देउशी भैलोमा संघले सम्पूर्ण कलाकर्मी तथा पत्रकार हरुलाई उपस्थितिका लागि आग्रह गरेको छ।