Logo

रिपोर्टर्स क्लब सुर्खेत शाखाको अध्यक्षमा खड्का



सुर्खेत, १ कार्तिक । रिपोर्टर्स क्लब नेपाल शाखा सुर्खेतको अध्यक्षमा सुशील खड्का सर्वसम्मत चयन भएका छन् । रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर ६ का सह–संयोजक गोविन्द केसीको अध्यक्षतामा सम्पन्न भलाले १६ सदस्यीय कार्य समिति चयन गरेएको छ ।

शाखाको उपाध्यक्षमा डिलप्रसाद शर्मा, सचिवमा शेरबहादुर थापा, सह–सचिवमा मदन विक र कोषाध्यक्षमा चाँदनी केसी छन् । सदस्यमा नन्दकृष्ण आचार्य, लक्ष्मण सोनी, बिमला खड्का, डिलु रावत, पूर्णबहादुर खड्का, तृप्ति शाही, सुवर्ण शाही, दिपकजंग शाही, नविन शाही, युवराज पंगाली र महेश रोकाय छन् ।

शाखाको शाखा सुर्खेतको सल्लाहकार समिति पाँच सदस्यीय रहेको छ । सल्लाहकारमा गणेशकञ्चन भारती, प्रकाश अधिकारी, भानुभक्त खड्का, ललित बसेल र दिपक बुढा छन् ।



प्रतिक्रिया दिनुहोस्