Logo

म्हैपीमा गोली चल्दा एक घाइते



काठमाडौँ, ५ कार्तिक । स्थानीय म्हैपीमा आज बिहान गोली चल्दा एक जना घाइते भएका छन् । बिहान ४ बजेतिर म्हैपी मन्दिर नजिक बाटामा अज्ञात समूहले गोली चलाउँदा गोरखा लाप्राकका कल्याण गुरुङ घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले गुरुङको खुट्टामा गोली लागेको जानकारी दिँदै शंकास्पद एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो । घाइते गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्